खोला तर्न यस्तो सकस, विकास हेर्न गएकी सांसदले दिइन २५ रुपैयाँ (तस्बिरसहित

8:18 AM

रुकुम, असार १६ – पुल नहुँदा वर्षाको समयमा रुकुमको घेत्माखोला तर्न निकै सकस छ । सामान्य मान्छे आफ्नै बलबुताले खोला तर्न सक्दैनन् । खोला तर्न बनाइएको काठेपुल बुधबार आएको बाढीले बगाएपछि झनै समस्या थपिएको छ । अहिले केही स्थानीय बासिन्दाले खोलामा काठ राखेर डोरीको सहायताले खोला तर्न सहयोग गरिरहेका छन् । रुकुम, जाजरकोट र डोल्पाका मानिसहरु आवतजावत गर्ने प्रमुख बाटोमा पर्ने घेत्माखोलामा पक्की पुल नहुँदा वर्षेनी यस्तै हैरानी हुन्छ । जिल्लामा भएका विकास निर्माणको अनुगमन गर्न गाउँ आउनुभएकी जाजरकोटकी सांसद रीता रावललाई पनि घेत्माखोला तर्न उस्तै सकस भयो । स्थानीय बासिन्दाको सहयोगमा खोला तरेपछि सांसद रावलले २५ रुपैयाँ दिनुभयो । उहाँसँग मात्रै होइन खोला तारेर सहयोग गरे बापत सबैले २५ रुपैयाँ दिनुपर्ने खोला तार्दै आउनुभएका स्थानीय सेतु खत्रीले बताउनु भयो । जाजरकोट डोल्पा सडकको राडी छेपारे सडक खण्डमा पर्ने रुकुमको घेत्माखोला तारिदिए वापत सांसद रावलले २५ रुपैयाँ तिर्नुभएको हो । ‘सहयोग बिना खोला तर्न गाह्रो छ’ खोला तरेपछि एक यात्रु सुनिता बोहराले भन्नुभयो । 

You Might Also Like

0 comments

Popular Posts