प्लेनमा यात्रा गर्ने बिदेशिएका युवाहरुलाई खुशी को खबर - प्रधानमन्त्रीको निर्देशनमा त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब बन्द - अब काम छिटो छरितो हुने .

6:44 AM

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कर्मचारीलाई सामाजिक सञ्जाल फेसबुक र युट्युव चलाउन प्रतिबन्ध लगाइएको छ ।केही दिन अघि अध्यागमनका कर्मचारीले कम्प्युटरमा फेसबुक चलाएको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा अध्यागमन कक्षमा आवागमन र प्रस्थान दुबैतर्फ कर्मचारीका लागि फेसबुक र युट्युव बन्द गरिएको विमानस्थल अध्यागमन विभागका निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार विमानस्थल प्रशासनले असार ७ गतेदेखि विमानस्थलको अध्यागमन अन्तर्गत आवागमन र प्रस्थान दुबैतर्फ सामाजिक सञ्जाल फेसबुक र युट्युव बन्द गरेको थियो ।

You Might Also Like

0 comments

Popular Posts