भूकम्पको धक्काले बाजुरामा स्कुल भत्कियो
6:14 AM![]() |
बाजुरा, १६ असार । बुधबार गएका भूकम्पका धक्काले बाजुराको एक विद्यालयमा क्षति पुगाएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बझाङ जिल्लालाई केन्द्र बिन्दु बनाई बुधबार गएको भूकम्पका कारण आँटीचौर–५ स्थित दशरथ उच्च माविको १६ कोठे छात्रवासको ४ वटा कोठा पूर्णरुपले भत्किएको र १२ वटा कोठा सामान्य चर्किएको हो ।
भूकम्पबाट सोही विद्यालयको २ तल्ला १२ कोठाको पुरानो भवन र २ तले १२ कोठे नयाँ भवनमा सामान्य क्षति पुगेको छ । साथै सोही ठाउँस्थित कैलाशमाण्डौ–९ मा रहेको पार्वती मा.वि.को १० कोठे भवन आंशिक रुपमा चर्किएको प्रहरीले जनाएको छ ।
![]() |

0 comments