सलमान खानलाई झड्का ! बलात्कार पिडितले मागिन् सलमानसँग १० करोड

6:59 AM



फिल्म ‘सुल्तान’को प्रमोशनका लागि बलात्कृत महिलालाई जोडेर सलमान खानले गरेको टीप्पणी महंगिदै गएको छ । सार्वजनिक आलोचना खेपिरहेका उनलाई एक बलात्कार पीडित युवतीले आफ्नो भावनामा ठेस पुर्याएको र सामाजिक रुपमा अपमान गरेकोमा अदालतमा १० करोड क्षतिपूर्ति माग दाबी गरेकी छिन् ।

पञ्जाव हरियाणाको हाई कोर्टका माध्यमबाट सलमानलाई कानूनी नोटिस पुगेको बताइएको छ । पीडितले भनेकी छिन्, ‘यो सार्वजनिक टीप्पणीले मेरो छवी धुमिल भएको छ । मानसिक र शाररिक रुपमा आघात बेहोरिरहेकी छु ।’

पीडितका वकिलले कानूनी नोटिस प्राप्त गरेको १५ दिनभित्र १० करोड नदिए सलमान विरुद्ध कडा कानूनी लडाइँ लड्ने बताएक छन् । उनी विरुद्ध सिभिल र आपराधिक कानून उलंघन गरेको मुद्दा हालिने बताइएका छन् ।


बलात्कार पीडित युवतीलाई ८ जनाले सामूहिक बलात्कार गरेका थिए । १८ सेपेटेम्बर २०१२ मा भएको थियो यो घटना । त्यसपछि पीडितका पिताले आत्महत्या गरेका थिए । सलमानले नयाँ फिल्म ‘सुुल्तान’को प्रमोशन अन्र्तवार्ताका कुस्तिको सुटिङपछि आफ्नो हालत बलात्कृत महिलाको जस्तै हुने गरेको बताएका थिए ।

You Might Also Like

0 comments

Popular Posts