प्रचण्डका दूत द्वारा ओली सरकार ढाल्ने योजनाको पर्दाफास
2:52 AM![]() |
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका दूतका रुपमा परिचित माओवादी नेता गोपाल किराँतीले माओवादी केन्द्र भित्र नयाँ सरकारको अभ्यास बारे चर्चा सुरु भएको खुलासा गरेका छन् । नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने वा सत्ताको नेतृत्वकर्ता एमालेसँग सहमति गरेर आफु नेतृत्वमा जाने भन्ने दुई विकल्पमा छलफल सुरु भएको उनले बताएका छन् ।
पार्टीका उच्च नेताहरुबीच सरकार परिवर्तन गर्नेमा एकमत भएपनि त्यसको प्रक्रिया, सहमतिको सरकारको समभावनाका विषयमा टुङ्गो लाग्न सकेको छैन । माओवादी केन्द्रका नेता गोपाल किराँतीले माओवादी केन्द्रमा सरकार सरकारको विकल्पका नयाँ सरकार बनाउने निर्णय भइसकेको दावी गरे । उनले हिजो असार १५ बाट नै ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको बताए ।
बजेट पारित गर्नुअगाडी नै यो सरकार विस्थापित हुने र अर्को सरकार बन्ने उनको दावी छ । पत्रकार संग कुरा गर्दै किराँतीले भने ‘नौ बुँदे सहमति अनुसार ओली अगाडी बढेको देखिएन’ ‘अब ओलीलाई नेतृत्वबाट हटाउने विषयमा पार्टीमा छलफल सुरु भइसकेको छ अब बजेट पारित गर्नु अगाडी नै सरकार ढल्छ र नयाँ सरकार बन्छ । ’
उनले पहिलो प्रयास प्रचण्डको नेतृत्वमा सरकार बनाउन रहने र त्यो सम्भवज नभए केही सर्तसहित कांग्रेसका सभापति शेरबहादुर देउवालाई स्वीकार गर्न सकिने पनि बताए ।
अध्यक्ष प्रचण्डले पनि ओलीलाई फेरेर नयाँ सरकार बनाउने विषयमा धारणा राखिसकेको बताए । यसअघि भएको नौ बुँदे सहमति अनुसार असार १५ सम्म ओली नेतृत्वको सरकार र त्यसपछि नयाँ सरकारमा सहमति भइसकेको माओवादीको तर्क छ । नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र कांग्रेसका दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ ।
![]() |

0 comments