यसकारण राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको खाना परीक्षण हुने
9:20 PM![]() |
राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्मले दैनिक रुपमा गर्ने खानपानको परीक्षण हुने भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक खानपानको परीक्षण व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको जानकारी कृषिमन्त्री हरिबोल गजुरेलले शुक्रबार राजधानीमा खाद्य महोत्सव उद्घाटनका अवसरमा दिएका हुन् ।मन्त्री गजुरेलले राम्रो कामको सुरुवात मुलुककै राष्ट्रप्रमुखबाट गर्दा कार्यान्वयन पक्ष बलियो हुने तर्क गर्दै खानपानमा सुधार ल्याउन र स्थानीय पोषिलो खाद्यपदार्थ उपभोगमा प्रोत्साहन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको विहान र रातिको खानामा पदार्थ परिक्षण गरिने जानकारी दिए ।
‘उहाँहरूको दैनिक प्रयोग गर्दै आउनुभएको खाद्यपदार्थ पोषिलो, स्वास्थ्यवर्द्धक र सन्तुलित छ वा छैन भनेर परीक्षण गर्ने व्यवस्था ल्याएका छौं,’ उनले भने । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
![]() |

0 comments