दिल्लीबाट फोनमै पैसा माग्ने मन्त्री पासवानलाई्, सहसचिवको जवाफ ‘तिमीजस्ता धेरै मन्त्री देखियो, यस्ता लाज पचेका, भिखारी मन्त्री कोही देखिएन

8:01 PM

बिरामी हुँदा त मन्त्रीले गाली नगर्लान् भन्यो, फेरि उस्तै, यसरी जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले विरामी परेर दिल्लीको अस्पतालमा उपचार गराइरहँदा पनि सिंहदरबारमा फोन गरेर कर्मचारी हप्काउन बाँकी राखेनन् ।
बहालवाला मन्त्रीको स्वास्थ्योपचार खर्च सामान्यतया सरकारले व्यहोर्छ । त्यसका लागि सम्बन्धित मन्त्रालयले क्याबिनेटमा स्वास्थ्योपचार विवरणसहित प्रस्ताव पठाउनुपर्छ । आमाशयको नली फुटेर सिकिस्त भएका पासवानको उपचार पहिला त्रिवि शिक्षण अस्पतालमा भयो । त्यसबेलासम्म स्थिति सामान्य होला भनेर मन्त्रालयका अधिकारीले खासै ध्यान दिएनन् ।
तर, प्यानक्रियाजकै कारण जीवन–मरणकै स्थितिमा पुगेको पत्तो पाएपछि चिकित्सकले दिल्ली रेफर गरे । हत्तपत्त दिल्ली गइहाल्नुपर्ने कारणसाथीभाइसँग सापटी गरेर पैसा जुटाए । त्यो पैसा तिर्न सचिवदेखि पिएसम्मलाई उताबाटै हप्काउन पछि परेनन् । अहिले पासवानको स्वास्थ्यस्थिति सामान्य भइसकेको छ । त्यहाँका चिकित्सकले केही दिन अस्पतालमै आराम गर्नु भनेका कारण उतै थिए ।
सोमबार राति काठमाडौं फर्किएका छन् । तर, दुःख पाए सिंहदरबारका हाकिमले । सचिव विश्वनाथ ओलीलाई पासवानले पचास लाखको व्यवस्था गर्न अह्राएको फोन राख्न नपाउँदै अर्को फोन गयो, मन्त्रालयका फाइलहरु सम्बन्धमा । उनी विरामी परेदेखि मन्त्रालय हेर्ने जिम्मेवारी पर्यटनमन्त्री आनन्द पोखरेलले पाएका छन् ।
सचिवले कतिपय दैनन्दिन काम सल्टाउनका लागि फाइलहरु का.वा. मन्त्रीकहाँ पु¥याउनु स्वभाविक हो । तर, पासवानले फोनबाटै सचिवलाई खबरदारी गरेका छन्– ‘जाला है जाला, मेरो मन्त्रालयको एउटा पनि फाइल आनन्द पोखरेलको हातमा पर्नुहुँदैन । भयो भने ठीक हुने छैन’ उनले यो भन्दा नराम्रो थर्काई पैसा माग्न गरेको फोनमै पाइसकेका थिए ।
‘यो बजेट कहाँबाट, कसरी निकासा गर्ने ? समस्या भयो’ भनेका सचिवलाई पासवानले थपे, ‘जहाँबाट जसरी निकाले पनि त्यो तपाईंको काम हो । मलाई अरु केही थाहा छैन ।’ सचिवले ‘सकिन्नँ हजुर’ मात्र के भनेका थिए, पासवान कराइहाले, ‘तपाईं के गर्न सक्नुहुन्छ ? आफ्नो लागि सबथोक गर्न सक्नुहुन्छ । मन्त्री विरामी हुँदा केही गर्न सक्नुहुन्न ! तपाईंलाई मैले कहाँ लगेर ठेगान लगाउनुपर्छ, जान्या छु…!
विश्वेन्द्रको फोनबाट सबभन्दा पीडित हुने अर्का व्यक्ति हुन्, सहसचिव डा.रामप्रसाद लम्साल । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन अमेरिका जान भनी एयरपोर्ट पुगेर बोर्डिङ पाससमेत लिइसक्दा यिनै मन्त्रीले लम्साललाई फिर्ता बोलाएको रिस साम्य हुन नपाउँदै दिल्लीबाट फोन गरेर पैसा माग्न थालेपछि लम्साल रिसले आगो हुने नै भए । ‘तिमीजस्ता धेरै मन्त्री देखियो, तर यस्ता लाज पचेका, भिखारी मन्त्री कोही देखिएन…’ भन्दै कड्किए ।
उताबाट पासवानले भने, ‘मसँग निहुँ खोज्यो भने के हालत हुन्छ, सोचेका छौ ?’ डा.लम्साल पनि किन चूप लाग्थे र, ‘तिम्रा शासनमा जेलमै बसौँला, केही छैन । तर, मन्त्री भएर इज्जतले बोल्न सिक…!’
यीबाहेक उक्त मन्त्रालयअन्तर्गत विभिन्न विभागका महानिर्देशक र निर्देशक पनि विरामी मन्त्रीको हप्कीबाट हैरान छन् । हैरानीमा परेका अर्का व्यक्ति हुन्, निजी सचिवालय धानेर बसेका उपसचिव राजु पुडासैनी । लोकसेवाबाट छानिएर नेपाल सरकारको उपसचिव भएका पुडासैनीलाई पासवानले घरमा राखेको नोकरलाई झैँ हप्काउन थालेपछि पुडासैनीले पनि मन्त्रीलाई ‘मा..मु..’ भन्दै गाली गरेको जनआस्था साप्ताहिकमा समाचार छ ।

You Might Also Like

0 comments

Popular Posts