बालुवाटारको छलफलमा उठेको कुरा– त्यो बेला भूकम्पपीडितलाई १५ हजार दिन नमान्ने रामशरणलाई ठीक पार्नु पर्छ

7:05 PM

कांग्रेसले गरेको एकाथरी राजनीतिलाई सत्तारुढ गठबन्धनले अर्कोथरी निर्णयमार्फत निंस्तेज पार्ने खेल शुरु भएको छ ।
अस्ति आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रीहरुले यसबारे प्रारम्भिक छलफल गरेका हुन् । ‘संविधानसभामा तत्कालीन सभामुख सुवास नेम्वाङ नेतृत्वको विपद व्यवस्थापन समितिले भूकम्पपीडितलाई १५ हजार दिने सरकारी निर्णय सच्याएर तत्काल ५० हजार पु¥याउन निर्देशन दिँदा नटेर्ने त्यसबेलाका अर्थमन्त्री रामशरण महतले अहिले आएर दुई लाख चाहियो भनेर संसद चल्न नदिनु लाजमर्दो कुरा हो कि होइन ?
उनीहरु दुई लाख माग्छन् भने हामी तीन लाख दिऊँ । गरिबका सन्तानले यो पैसाबाट घर बनाउँछन् । कांग्रेसी राजनीतिलाई थन्को लगाउन हामी एक कदम अगाडि बढौँ । ६ लाख घर मर्मत गर्न तीन लाखका दरले एक खर्ब ८० अर्ब भए पुग्छ । पहिले लगेको डेढ लाख कटाएर त्यसैलाई थपथाप गरी तीन लाख पु¥याइदिऊँ । माटोको घर भत्कने धेरैजसो कम्युनिस्ट नै हुन्, अनि भूकम्प आएको ६ महिनासम्म पीडितलाई रकम निकासी रोक्ने र यससम्बन्धी कानुन बन्न नदिने पनि कांग्रेस नै हो ।’ आइतबार साँझ मन्त्रीहरुले गरेको छलफलको निश्कर्ष हो यो । –जन आस्था साप्तहिकबाट

You Might Also Like

0 comments

Popular Posts