नारायणी नदीको पुलबाट एक पुरुषले हाम फाले, प्रत्यक्षदर्शी यसो भन्छिन्

6:04 AM

नवलपरासी र चितवन जिल्लालाई जोड्ने नारायणी नदी पुलबाट एक पुरुषले हाम फालेका छन् । आईतबार दिउँसो करिब ४ बजेर ३० मिनेटको समयमा एक अपरिचित अन्दाजी ३० बर्षिय पुरुषले नारायणी नदीको पुलबाट हाम फालेको नवलपरासी प्रहरीले साझासबाललाई जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म उक्त मानिस भेटिएका छैनन् । उनको ज्यान गएको छ या छैन यसै भन्न सकिन्न, प्रहरीले भन्यो ।
narayani river bridge nawalparasi chitwan bridge
प्रत्यक्ष दर्शी माया शर्मा भन्छिन्…..
“दिउँसो ४ बजेर ३० मिनेट गएको थियो होला म नारायणगढ बाट नवलपरासी प्रगतीनगर तर्फ जानेक्रममा थिएँ । पुल क्रस गर्ने क्रममा एक पुरुषले सिधै नदीमा हाम फालेको दृश्य देखें । मेरो मन सिरिंग भयो, एक्कासी स्कुटीको ब्रेक लगाएँ, अनि साइड लगाएर त्यो मानिसलाई हेर्न तर्फ लागेँ तर त्यो मानिसलाई नदीमा ठुलो बाढी भएकोले हुत्ताएर बगायो, म निकै आत्तिएँ, कसैले बचाईदिए हुन्थ्योनि भन्ने लाग्यो, तर कोहि त्यहाँ बचाउन जानसक्ने अवस्था थिएन । हेर्ने मानिसहरुको भिड लाग्यो, केहि बेरमा प्रहरी आएर त्यो भिड हटायो ।”
-

You Might Also Like

0 comments

Popular Posts