यताबाट धकेल्यो, उताबाट तान्यो, यत्तिमै बित्छ दिन

5:02 AM

मेछाप, असार ११ - समयमै गन्तव्य पुग्छु भन्ने त सोच्नसम्म पनि पाइँदैन । सजिलो होला भनेर गाडी चढ्यो । गाडीले कहिँ पुर्‍याउँदैन । उल्टै आफैले गाडी बोकेर हिँडे जस्तो कष्ट सहनु पर्छ ।समयमा नै काठमाडाै‌ पुग्ने अभिलासा बोकेर बिहानै एक घन्टाको पैदल हिँडेर चुचुरेको देउराली डाँडाबाट जीप चढेका श्याबहादुरले यस्तै हैरानी खेप्नु पर्यो । वाम्ती-४ का श्याम बहादुर बस्नेत दिनको २ बज्दासम्म ठोसे गाविसको जगंल पार गर्न सकेनन् । श्यामलाई देउरालीबाट ठोसेसम्मको झण्डै १३ किलोमिटर यात्रा पार गर्न झण्डै ८ घण्टा लाग्यो ।
वर्षादको समयमा सडकमा माथिबाट पहिरीएर जम्मा भएको माटो, पारेको खाल्डाखुल्डी, सडकमा जमेको हिलोका कारण बस फसेपछी यात्रा गर्ने श्यामजस्तै ७० जनाभन्दा बढी यात्रुले दिन बस धकेल्दै बिताउनु पर्यो । 
पैदल नै हिँडेर झण्डै तीन घण्टामा पुग्न सकिने ठाउँसम्म बसमा चढेर ८ घण्टा बिताउन बाध्य भएका यात्रुहरु दिनभर बस ठेल्दा थकित मुद्रामा देखिन्थे ।
रामेछापको दुई नगरपालीका र ४५ वटै गाउँ विकास समितिमा जिल्ला विकास समिति, गाउँ विकास समिति, सडक विभाग र विभिन्न परियोजनाहरुले खनेका अधिकाशं सडकको अवस्था यस्तै छ । 
डोजर अपरेटरको भरमा जथाभावी रुपमा बिना योजना करौडौँ रकम खर्चिएर खनिएका झण्डै १ हजार २ सय किलोमिटर सडकको अवस्था नाजुक भएको हो । यसरी ग्रामीण भेगमा खनिएका सडकमा हिउँदको समयमा मात्र केही स्थानमा गाडी चलेपनि वर्षादको समयमा ती सडकहरुमा गाडी गुड्न सक्ने अवस्था हुँदैन ।  जसका कारण जर्वजस्ती रुपमा चलाइएका केही गाडीमा चढ्ने यात्रुले डोरीको सहायता र हातले बस दिनभर धकेल्ने र तान्ने गरेर गन्तव्य जान विवश रहेका छन् । 
वर्षाका कारण सडकमा पानी जम्ने, हिलाम्य हुने र खाल्डाखुल्डी पर्नेजस्ता समस्याले सडकमा यातायातका साधनहरु गुडन सक्दैनन् । जवरजस्ती ज्यान जोखिममा राखेर चलाएका गाडी दिनभर बाटोमा नै फस्ने गरेपछी नत यात्रु भनेको समयमा गन्तव्यमा नै पुग्छन् नत उनीहरुलाई यात्राले सजिलो नै हुन्छ ।
स्थानीय निकायहरुले सडक निमार्णको लागि रकम विनियोजन गरेको भएपनि मर्मतसम्भारको काम नहुँदा सडकको अवस्था जीर्ण हुँदै गएको स्थानीय बासिन्दा गुनासो गर्छन ।
सुरुमा डोजर लगाएर सडक खन्यो अनि छोडिदियो । वर्षाका भेलले खाल्डाखुल्डी पारिदिन्छ । पुन त्यो सडकलाई मर्मत सम्भार नगर्दा सडकको अवस्था जीर्ण बन्दै गएको प्रिती गाविसका मानबहादुर खत्रीले बताउनुभयो । ‘पहिला बनेका सडकलाई प्राथमिकतामा राखेर मर्मत नगर्दा समस्या भएको हो’ उहाँले भन्नुभयो । 
खनिएका अधिकाशं सडकमा माथीबाट आउने पहिरो, सडकमा परेका ठूलाठूला खाल्डाखुल्डीका कारण मानिस हिड्न सक्ने अवस्थासमेत नभएको चिप्ला सडकमा गाडी सञ्चालन गर्न ज्यान नै जोखिम मोल्नुपर्ने बाध्यता रहेको चालक प्रेम श्रेष्ठले बताउनुभयो । 
उत्तरी क्षेत्रमा पर्ने वाम्ती, कुवुकास्थली, ठोसे, चुचुरे, गुम्देल, प्रिती, भुजी र गुप्तेश्वर गाविसका बासिन्दालाई गाडी नचल्दा समस्या भएको छ । त्यस भेगका बासिन्दा तीनदिन लगाएर ठोसे गाविससम्म पैदल हिँडेर गाडी चढ्ने गरेका छन् । 

You Might Also Like

0 comments

Popular Posts