अर्घाखाँचीमा भारतीय राजदुतावास: जनज्योती चुत्राबेशी, शान्ती उमावि वागी र अर्घारजस्थल मावि उद्घाटन र सिला लेखको विषयलाई लिएर चर्को विरोध र आपत्ति

4:55 AM

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । भारतीय राजदुतावासको आर्थिक सहयोगमा निमार्ण सम्पन्न जनज्योती उमावि सन्धिखर्क, शान्ती उमावि वागी र अर्घारजस्थल मावि अर्घामा भएको उद्घाटन र सिला लेखको विषयलाई लिएर अर्घाखाँची जिल्लामा चर्को विरोध र आपत्तिहरु भएका छन् । 


जिल्ला बिकास समिति अर्घाखाँचीले तैयार गरि शान्ति उच्च माबि बाँगी आरुखोर, अर्घा रजस्थल माबि अर्घा रहिसचौर र जनज्योति उच्च माबि चुत्राबेशीमा सिलन्यासको लागि टाँसिएको सिला लेखमा स्थानियबासीले आपत्ति जनाएका छन् । 


जसमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीको नाम तल रहेको र भारतीय राजदूत रणजीत रे नाम माथी लेखिएको छ ।

उता यस बिषयमा सो सिलालेख जिल्ला बिकास समितीद्दारा लेखिएको भनिए पनि लेखाउने कुरा बिधालयहरुले लेखाएको स्थानीय बिकास अधिकारी लक्ष्मी पाण्डे (गौतम) ले दावी गरेकी छन् । लेखाईमा गम्भीर गल्ती भएको र जिल्ला र राष्ट्रको इज्जत प्रतिष्ठाको बिषय भएकोले सो सिलालेखलाई हटाई सुधार गरि तुरुन्तै नयाँ राख्नको निम्ति अर्डर गरि सकिएको र ल्याउनको निम्ति कर्मचारी काठमाडौं गईसकेको उनले बताइन् । 

You Might Also Like

0 comments

Popular Posts